|  

परिक्षण किटको दुरुपयोग नगरौ – मन्त्री दुलाल

२६ बैशाख २०७७, शुक्रबार ०८:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मकवानपुर बैशाख २६
संघिय संसादको छैठौ अबिधेशन सुरु हुनु अघि सांसद तथा कर्मचारीको पीसीआर परीक्षण लागि स्वाब संकलन गरिएको प्रति बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युबराज दुलालले किटको दुरुपयोग गरिएको धारण ब्यक्त गरेका छन् । उनले भनेका छन् आरटी पिसिआर परिक्षणको राष्ट्रिय प्रोटोकल अनुसार जोखिमयुक्त स्थानको ट्राभल हिस्ट्री र लक्षण बिपरित सबै सांसदहरुको स्वाब कलेक्सन गर्नु किटको नोक्सानी मात्रै हो । यदि शँकास्पद ठाँउबाट कोहि माननीयहरु आउनु भएको छ भने परिक्षण गर्नु र स्वाब लिदा मुखबाट नभई नाकबाट लिनुपर्नेमा जोड दिनुपर्ने बताए । उनले यो बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बोल्नु पर्ने भन्दै कोभिड १९को संक्रमरणको थप जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य सामाग्रीको आदर्शतम उपयोग गर्न आग्रह गरेका छन् । भयाबह स्थितीको लागि एकएक सामानको सहि प्रयोग र सुरक्षा गर्न जरुरी रहेको बताउदै सबै सँग बिनम्रतापुर्वक अनुरोध गर्दै हामी मन्त्री संसाद उच्च पदस्थ कर्मचारीले N-95 मास्क नलगाऔ स्वास्थ्य सेवामा तल्लिन जनशक्ति र संक्रमित वा बिरामीहरुलाई मात्र N-95 मास्क सुहाँउछ ।।

२६ बैशाख २०७७, शुक्रबार ०८:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस