|  

प्रयास नेपाल द्वारा गजुरीका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

१३ पुष २०७७, सोमबार १९:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ
बाल विकास कक्षाका बालबालिकालाई उमेर अनुसारको शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको छ ।आईतबार गजुरी गाउँपालिका वडा नं ८ साबिक किराञ्चोकको भौगोलिक रुपमा दुर्गम गाउँ ठुलो बाङ्गेमा रहेको पञ्चकन्या अाधारभुत बिद्यालयका २१ जना बाल बिकास कक्षाका बालबालिकाहरुलाई कापी ,कलर ,पेन्सिल,ईलेजर , भाँडाकुटि सेट, रबर बल, प्लास्टिक बल,साईनपेन , म‍डलिङ क्ले,कथाको पुस्तक , लर्निङ मेसिन ,स्कले लगायत प्रति बालबालिका १ हजार ५ सय बराबरको सामाग्री सहयोग गरिएको हो । संस्थाको स्थापना कालदेखि नै बालबालिका र शिक्षाको क्षेत्रमा कार्यरत प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्ट,गजुरी गाउँ पालिकाको साझेदारीमा संचालित बाल विकास कार्यक्रम अन्तरगत बाल विकास कक्षाका सामाजिक , अार्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि सामाग्री सहयोग गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो । बालबालिकाहरुको मस्तिष्कको ८० प्रतिशत विकास यहि बाल विकासको उमेर ५ बर्ष हुने भएकोले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनु भयो । तात्कालिन रुपमा कोभिड कारण लामो समय पछि बिद्यालय संचालन हुँदै गर्दा राहतको रुपमा आईतबार पञ्चकन्या आबि ठुलो बाँङ्गे , सप्तकन्या अाबि दोभानखर्क, रिठ्ठाबोटे आबि गजुरी वडा नं ८,जुनतारा गजुरी वडा नं ७ का बाल विकासका बालबालिकालाई सहयोग गरिएको कार्यक्रम संयोजक सहदेव पण्डितले जानकारी दिनु भयो । पञ्चकन्या आबिका बाल बिकास सहजकर्ता सहनसिला मोक्तानले अहिले बालबालिकाले प्राप्त गरेको शैक्षिक तथा खेलकुद सामाग्रीले बालबालिकामा सिकाई वातावरण सिर्जना गर्न तथा सहजिकरणमा सहयोग पुग्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर तामाङले दुर्गम भौगोलिक क्षेत्रमा आई बालबालिकाहरुलाई सहयोग गरेकोमा खुशी हुँदै बिद्यालयको भौतिक पुर्वाधारमा पनि सहयोग लागि अनुरोध गर्नु भएको सामुदायिक सहजकर्ता नवराज लामिछानेले जानकारी दिए । आईतबार सहयोग गरिएको सहित छेवाङ अावि गजुरी वडा न २,कालिका आबि गजुरी वडा नं ४ र जीवनज्योति सामुदायिक बाल बिकास केन्द्र गजुरी वडा नं १ का बालबालिकालाई समेत गरि १ सय ५१ जनालाई सहयोग गरिने पनि कार्यक्रम संयोजक पण्डितले बताउनु भयो ।

१३ पुष २०७७, सोमबार १९:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस