|  

बृद्ध भत्ता ५ हजार दिनु पर्छ – माओवादी केन्द्र

२५ जेष्ठ २०७८, मंगलवार २०:५५ प्रकाशित
प्रदेशहब संवादाता

लोक बहादुर गुरुङ


हेटौंडा,जेठ २५ बागमती प्रदेशमा जेष्ठ १७ देखि बर्खे अधिवेशन शुरु भए सगै बागमती प्रदेशमा बजेट बारे छलफल शुरु भएको छ। बागमती प्रदेशमा मुख्य विपक्ष दलका नेता शालिकराम जम्कट्टेल सहितको टोलिले मुख्य मन्त्री डोरमणी पौडेललाई आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटमा माओवादी केन्द्रको तर्फबाट बृद्ध भत्ता ५००० पुर्याउने लगाएत, बजेटमा समाबेश गर्ने योजनाहरु बिषयगत रुपमा बुझाएका छन । मुख्य मुख्य बुदाँहरु
१) जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता ५ हजार दिनु पर्ने।
२) प्रदेश सरकाका सबै तहका स्थायी, अस्थायी करार कर्मचारी र शिक्षकको तलबमा मासिक ५ हजार वृद्धि गर्नुपर्ने ।
३) किसानलाई दूधमा दिदै आएको अनुदानलाई बढाएर प्रती लिटर रु ५ दिनु पर्ने ।
४) जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरुलाइ मासिक २५ हजार भत्ता दिनु पर्ने ।
५) सिमान्तकृत समुदाय ( चेपाङ, थामी, माझी,दनुवार, बन करिया लगायत) लाई शिक्षा स्वास्थ र आय आर्जनको लागि १ अर्ब बजेट व्यवस्था गर्नु पर्ने ।
६) दलित समुदायको जीवन सुधार कार्यक्रमका लागि १ अर्ब बजेट व्यवस्था गर्नु पर्ने ।
७) निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड र समानुपातिक तर्फ ३ करोड व्यवस्था गर्नु पर्ने ।
८) कोरोनाको माहामारिमा अग्रभागमा खटिएका सबै स्वास्थकर्मी, कर्मचारी लगायत सम्पुर्ण सुरक्षाकर्मीहरुलाइ जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने ।
लगायत विषयलाई गम्भीरतापुर्वक आत्मसात गरि समुचित सम्बोधनका लागि प्रदेश सरकार सग जोडदार माग गर्दछौ भनिएको छ ।

२५ जेष्ठ २०७८, मंगलवार २०:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस