|  

रसुवामा बर्डफ्लु भेटिएपछि केही स्थानमा संकटग्रस्त क्षेत्र घोषणा

११ असार २०७६, बुधबार १९:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


रसुवामा बर्डफ्लु भेटिएको पुस्टी भएपछि स्थानीय प्रशासनले केही स्थानलाई संकटग्रस्त क्षेत्र तोकेको छ । केही महिनादेखि यता जिल्लाका केही ठाउँमा कुखुरा एक्कासी मर्न थालेका थिए । तर कुखुरा के कारण मेरेको हो भनेर पुष्टी भएको थिएन ।

मंगलबार रसुवाकाे नौकुण्ड गाउँपालिका ५ भोर्लेमा पालिएको कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको छ । सुरुमा विरामी तथा मरेका कुखुरामा नौकुण्ड गाउँपालिकाको पशुसेवा शाखा र भोर्ले पशु सेवा कार्यलयले नमुना परिक्षण गर्न नुवाकोट लगेका थिए । तर त्यहाँ पनि रोग पहिचान हुन सकेको थिएन ।

त्यसपछि थप परिक्षण गर्न पशु स्वास्थ्य निर्देशनालय काठमाडाै‌‌ ल्याईयो । कुखुराकाे नमुना परिक्षणा गर्दा पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वरले कुखुरामा बर्डफ्लु भएको पुष्टी गरेको छ । स्थानीयले पालेका विरामी कुखुराको परिक्षण गर्दा कुखुरामा बर्डफ्लु भेटिएको भोर्ले पशुसेवा कार्यालयका प्राविधिक रामशरण न्यौपानेले बताएका छन् ।

११ असार २०७६, बुधबार १९:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस