|  

च्याउ खाएर बेहोस भएका ३ जना लाई हेलिकप्टर मार्फत भरतपुर अस्पताल लगियो

१४ असार २०७६, शनिबार १२:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा । मकवानपुरको राक्सिराङ वडा नम्बर ७ दराङमा बिसालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अरु तीन जना बेहोस भएका छन् । बिसालु च्याउ पकाएर खाँदा स्थानीय १३ बर्षिय गुन्जमायाँ चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

उहाँको बुवा, भाई र दाई पनि अचेत अवस्थामा रहेका छन् । उनीहरुको उपचारका लागि दिगो विकासका लागि एकता नेपाल संस्थाले हेलीकोप्टर मार्फत भरतपुर अस्पतालमा पु¥याएको छ । बेहोस भएका तीनै जनाको अस्पतालमा उपचारको काम भईरहेको छ । मकवानपुरको बिकट ठाउँ भएकाले गाडीमा ल्याउनका लागि लागि घण्टौ लाग्ने र बेहोस भएकाहरुको ज्यान खतरामा पर्ने भएपछी हेलीकोप्टर मार्फत उद्धार गरिएको छ ।

१४ असार २०७६, शनिबार १२:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस