|  

जिल्ला व्यापी कविता वाचन प्रतियोगिता गजुरी मा हुने

२० असार २०७६, शुक्रबार २०:४० प्रकाशित


धादिङ – जिल्ला व्यापी क्याम्पस स्तरीय खुल्ला कविता वाचन प्रतियोगिता २१ गते शनिबार धादिङको गजुरिमा हुने भएको छ।
आदर्श बहुमुखी क्याम्पस नेपाली शिक्षा विभाग तथा अतिरिक्त क्रियाकलाप समिति गजुरी को आयोजना तथा गजुरी गाउँपालिका को आर्थिक सहयोगमा उक्त प्रतियोगिता संचालन गर्न लागिएको क्याम्पस प्रमुख रुद्र प्रसाद दनै ले बताउनु भयो।
प्रतियोगिता मा धादिङ का क्याम्पस हरुमा अध्यनरत स्नातक र स्नातकोत्तर तहका विध्यार्थी हरु ले भाग लिदैछन। प्रतियोगिता आदर्श बहुमुखी क्याम्पस गजुरि को प्राङ्गणमा संचालन हुनेछ। जिल्ला मा लुकेर रहेका साहित्यिक विधा अन्तर्गत कविता को उजागर गर्ने र साहित्यिक मनहरुको जमघट गर्ने उदेश्य ले प्रतियोगिता आयोजना गरिएको क्याम्पस श्रोत ले जनाएको छ।

२० असार २०७६, शुक्रबार २०:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस