|  

श्रमिकका बालबालिकालाई प्रयास नेपाल द्वारा शैक्षिक सामाग्री सहयोग

९ चैत्र २०७६, आईतवार २०:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ
धादिङको यति टायल एण्ट इट्टा उद्योगमा काम गर्ने श्रमिकका विद्यालय जाँदै गरेका ५३ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरीएको छ ।
आईतबार उद्योग परिसरमा एक कार्यक्रमको आयोजना गरी बालबालिकाहरुलाई स्थानीय संस्था प्रयास नेपाल धादिङले बेटर ब्रिक नेपाल परियोजना अन्र्तगतशैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामग्री वितरण कार्यक्रमा जनकल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक नानिराम थापा, उद्योगी माधब गजुरेल लगायतका सहभागीता रहेको थियो ।
इट्टा उद्योगमा कार्यरत कामदारको विद्यालय जाँदै गरेको बालबालिकालाई सहयोग स्वरुप विद्यालय पोशाक, कापी, कलम, पेन्सिल, ईरेजर र झोला सहयोग गरेको हो ।
यस सिजनमा धादिङका ४ वटा ईट्टा उद्योग बलम्बु महालक्ष्मी, जालपादेवी, एभरेष्ट र यति टायल एण्ड इट्टा उद्योगमा कार्यरत कामदारहरुको विद्यालय जादै गरेका ९४ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरीएको हो ।
प्रयास नेपाल र ग्लोबल फेयरनेश इनिसियटिभको साझेदारीमा संचालित परियोजना बेटर ब्रिक नेपालले इट्टा उद्योगका मजदुरका बालबालिकालाई शिक्षासँग जोड्ने काम विगत ४ वर्ष देखि गर्दै आएको छ । यस परियोजनाले बालबालिकालाई शिक्षासँग जोड्नका लागि उद्योगमा नै प्रारम्भिक बाल विकास केन्द्र संचालनमा ल्याएको छ । भने ५ वर्ष भन्दा बढी उमेरका बालबालिकालाई उद्योग नजिकैको विद्यालयसँग समन्वय गरी बालबालिकालाई शिक्षाको पहँुचमा पु¥याउनको लागि सहजीकरण गरीरहेको छ ।

९ चैत्र २०७६, आईतवार २०:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस