|  

माओवादी केन्द्र र प्रचण्ड माथि ठुलो षड्यन्त्र हुँदैछ–जम्कटेल

२६ असार २०७८, शनिबार १९:५९ प्रकाशित
राजन अधिकारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ
नेकपा (माओवादी केन्द) का नेता एवं बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कटेलले माओवादी केन्द्र र पार्टी अध्यक्ष माथि ठुलो षड्यन्त्र हुन लागेको खुलासा गगरेका छन् । सामाजिक संजाल फेसबुलका एक स्ट्याटस लेख्दै उनले भने ‘राम बहादुर ,टोप बहादुरहरू लाई देखाईएको मात्रै हो र उनीहरूलाई प्रयोग मात्रै गरिएको हो ।माओबादी पार्टी र त्यसो नेतृत्व कमरेड प्रचण्ड माथि ठुलै षड्यन्त्र हुदैछ भन्ने कुरा सम्पुर्ण पार्टी पंतिले बुझ्न जरूरी छ ।’ यो संबिधान र ब्यबस्था बिरोधी प्रतिगमनकारीहरू को सबै भन्दा ठुलो शत्रु भनेको माओबादी पार्टी र त्यसको नेतृत् कमरेड प्रचण्ड नै हो । नयाँ नयाँ षड्यन्त्र हरू उजागर हुदै जानेछन । ईतिहासबाट पाठ सिक्दै , षड्यन्त्र हरूको सामाना गर्दे आफ्नो पंत्तिलाई सुदृढ गर्दे अगाडी बढनु आजको आवश्यकता हो ।

हेर्नुहोस नेता शालिकराम जम्कटेलले लेख्नु भएको फेसबुक स्ट्याटस

नेता शालिकराम जम्कटेलले लेख्नु भएको फेसबुक स्ट्याटस

२६ असार २०७८, शनिबार १९:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस