|  

थाक्रे गाउँपालिका-३ को ढोका भन्ञ्याङ पुल तथा वडा कार्यालय भवन उद्घाटन

१५ बैशाख २०८१, शनिबार १७:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मोटरेवल पुल तथा वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको छ ।

थाक्रे गाउँपालिकामा निर्माण भएका थाक्रे १ को खयरघारी सिमपानी सडक पुल र थाक्रे ३ नम्बर नजिक बनेको ढोका भन्ञ्याङ पुल तथा तीन नम्बर वडा कार्यालय भवनको समुद्घाटन गरिएको हो ।
प्रदेश सरकारको बिषेश अनुदानमा निर्माण भईरहेको महादेवबेशी, ढोका भन्ञ्याङ निगाले खोला सडक निर्माण तिब्र रुपमा अगाडी बढीरहेको छ । प्रदेश सरकारको बजेटमा निर्माण भईरहेको यो सडक मकवानपुरको मनहरिसम्म पुग्ने छ । गाउँ गाउँमा बिकासको लहर आईरहेको अनुभुति गर्दै अबको दिनमा पनि यस्ता बिकास निर्माणमा जोड दिन स्थानियहरुले अनुरोध गरेका छन् ।
प्रमुख अतिथीका रुपमा रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशले गर्ने बिकासमा बराबरी हुने र आगामी योजनाहरुले पनि थप बिकासमा टेवा पुग्ने बताउनुभयो । अहिले टुक्रे योजनाहरुभन्दा पनि ठूला योजनाहरुलाई बिषेश प्राथमिकता दिने उहाँको भनाई थियो ।

शिक्षामा अहिले भईरहेको पाठ्यक्रम अधुरो रहेको भन्दै अब रोजगारमूलक शिक्षालाई जोड दिनुपर्ने उहाँको भनाई थियो । यो कार्यक्रमका लागी अहिले प्रदेशबाट शिक्षा ऐन पनि पारित भइसकेको उहाँको जोड थियो ।
बिषेश अतिथीका रुपमा रहनुभएका बागमती प्रदेशसभा सदस्य मधुकुमार श्रेष्ठले पनि थाक्रेको समग्र बिकासमा आफ्नो पनि चासो रहेको बाउनुभयो । अहिले बिकासका नाममा हरेक क्षेत्रमा भ्रष्टचार मौलाएको भन्दै काम नगर्ने जोकोहि भएपनि खबर गर्न आग्रह गर्नुभयो । भ्रष्टचारी आफ्नै पाटीको भएपनि कारबाहि गर्न कुनै कसर बाँकी नराख्ने उहाँको जोड थियो । अहिले वडा कार्यालयहरु जहाँपनि सुबिधा सम्पन्न भईरहेको र अब काम पनि पारदर्शि रुपमा छिटो सुबिधा दिन उहाँको आग्रह थियो ।

बिषेश अतिथीका रुपमा रहनुभएका थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले थाक्रेको बिकासमा आफ्नो सदैव ध्यान गईरहेको बताउनुभयो । २ सय ४० बर्षको एकतन्त्रको शासनलाई अन्त्य गर्दै आएको यो शासनमा अब बिकासको लहर छाउन पर्ने कुरामा उहाँको जोड थियो । पहिलो पटक निर्बाचन भएपछि तीन जना कर्मचारीबाट सुरु भएको काम अहिले जनस्तरसम्म पुग्न निकै छिटो र सरल भईरहेको उहाँको भनाई थियो । अहिले वडा कार्यालय भवनको उद्घाटनमा सबैजना हाँसे जस्तै यो भवनबाट हुने हरेक काममा नागरिकको ओठमा मुस्कान आउन जरुरी रहेको उहाँको जोड थियो । अब सबैसँग सहकार्य र एकता गर्दै अगाडी बढे गणतन्त्र सफल हुने बताउनुभयो । कमजोरीलाई सकारात्मक तरिकाले सुझाव दिन र राम्रा कामको प्रचारमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सबै क्षेत्रबाट भएको सकारात्मक कामलाई प्रचार गर्न आग्रह गर्नुभयो । अहिले थाक्रे गाउँपालिकाले हरेक क्षेत्रमा राम्रा काम भईरहेको बताउनुभयो । मानशिक रोगीका लागी औषधी निशुल्क दिईरहेको कुरामा पनि उहाँको जोड थियो । उहाँले प्रदेशले थाक्रे गाउँपालिकालाई बिषेश रुपमा हेरिदिन पनि आगह गर्नुभयो ।

थाक्रे गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष बिजय तामाङले नयाँ भवन बनेको र काम गर्न पनि सजिलो भएको बताउनुभयो । उनले वडा कार्यालयलाई पूर्वाधार र प्रविधि मैत्री बनाउन गाउँपालिकाले हर तरहले कोशिश गरेको बताउनुभयो । आफ्नै भवनमा वडा कार्यालय सञ्चानल भएपछि वडावासीले राम्रो सेवा पाउने उहाँको भनाई थियो ।
कार्यक्रममा वडा कार्यालय भवन बनाउन जग्गा दिने जग्गादाताहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

 

431A1393

१५ बैशाख २०८१, शनिबार १७:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस