|  

स्थानिय निर्वाचनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

२९ चैत्र २०७८, मंगलवार ०७:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । स्थानीय निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न बैठक साँझ ४ बजे बस्ने भएको हो ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कसरी निर्वाचन सफल बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने जानकारी दिए ।

बैठकमा स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उमेदवारहरुलाई कसरी विजय गराउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएको छ ।

२९ चैत्र २०७८, मंगलवार ०७:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस