|  

गठबन्धन बैठक : ४ बैसाख सम्म उम्मेदवारको टुंगो लगाउन स्थानीय तहलाई निर्देशन

२९ चैत्र २०७८, मंगलवार २०:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सत्तागठबन्धन दलले बैशाख ४ गतेसम्म स्थानीय तहको बस्तुस्थिती सहितको रिपोर्ट पठाउन मातहात सन्यत्रलाई निर्देशन गरेका छन् । चैत २८ भित्र प्रतिवेदन बुझाउन निर्देशन यस अगाडी दिइएको भएपनि प्रदेश तहबाट स्थानीय संन्यत्रको रिपोर्ट केन्द्रमा नआईपुगेकोले फेरि दोस्रो पटक समय थप गरेर बैशाख ४ गते सम्मको समयसिमा तोकेको हो ।

पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । बैठकले मातहतको संयन्त्रलाई वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन समय थप गरेको कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

बैठकले चुनावी तालमेलको मोडालिटी बनाउने भनिए पनि मातहत संयन्त्रबाट प्रतिवेदन प्राप्त नभएकाले निर्णयमा पुग्न नसकिएको सिटौलाको भनाइ छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्टिय जनमोर्चाका वीचमा गठबन्धन गरेर चुनावमा जाने सहमति छ । तर तल्लो तहमा गठबन्धन कसरी गर्ने , काहाँ काहाँ कसरी तालमेलको भागवन्डा लगाउने भन्नेमै कुरा मिल्न नसक्दा गठबन्धनका शीर्ष नेताहरु अप्ठ्यारोमा परिरहेका छन् ।

२९ चैत्र २०७८, मंगलवार २०:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस