|  

एकिकृत समाजवादीमा कायम रहेका स्थानिय जनप्रतिनीधिलाई सोही ठाउँ दिने

२९ चैत्र २०७८, मंगलवार २१:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सत्तारुढ गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले नेकपा एसमा लागेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यो निर्णयसँगै उदाहरणका लागि धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य एमाले छाडेर नेकपा एसमा लागेकाले आउने चुनावमा मेयरको टिकट गठबन्धनबाट उनैले पाउनेछन् ।

२९ चैत्र २०७८, मंगलवार २१:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस