|  

धादिङको रुविभ्यालिमा गठबन्धनका उम्मेद्वार निर्वाचित

३ जेष्ठ २०७९, मंगलवार ०६:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


उत्तरी धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । राप्रपाको गढ मानिने रुविभ्यालीमा यसपटक अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह तामाङ विजयी भएका हुन् । उनले दुई हजार सात सय ९२ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले दुई हजार पाँच सय ९७ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फेलामा तामाङ विजयी भएका छन् । उनले दुई हजार ९ सय ३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार एक सय ३२ मत प्राप्त गरे ।

३ जेष्ठ २०७९, मंगलवार ०६:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस