|  

एमालेका १० भाइले टिकट नपाउने

१२ आश्विन २०७९, बुधबार ०७:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल कम्युनिस्ट पार्टी एमालेले विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने १० भाइलाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ ।
तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै टिकट दिने रणनीति बनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका ती नेतासँग ओली आन्तरिक छलफलमा छन् । आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उल्लंघनको विषयमा आत्मालोचना गर्नुपर्ने बताउँदै आएका छन् ।
एमालेको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी विभाजन हुँदा एमालेमै रहेका छन् । तर, अध्यक्ष ओली विगतमा आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा विरोधमा रहेकाले आत्मालोचनाबिना आगामी निर्वाचनमा टिकट नदिने अडानमा छन् ।
एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीको नीति, निर्देशन, विधान सबैले पालना गर्नुपर्ने बताए । यदि कोही कसैबाट उल्लंघन भएमा त्यो अनुशासनको विषय हुने बताउँदै आत्मालोचना गर्दै आगाडि बढ्नुपर्ने कम्युनिस्ट पार्टीको संस्कार रहेको बताए । राजधानी दैनिकबाट

१२ आश्विन २०७९, बुधबार ०७:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस