|  

शैक्षिक सुधारका लागि गजुरी गाउँपालिकाको अन्तरक्रिया सम्पन्न

३१ श्रावण २०८०, बुधबार १६:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिकामा शैक्षिक तथा प्रशासनिक बिषयक १ दिने अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । गजुरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा जनप्रतिनिधि,शिक्षा समितिका पदाधिकारी. वि.ब्य.स. अध्यक्ष र प्र.अ हरु बिच शैक्षिक सुधार को विषय मा छलफल भएको हो ।

गजुरी गाउँपालिका स्थित आदर्श बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा शिक्षा सुधारको लागि सबैको भुमिका बराबर हुने र शिक्षक, बिध्यार्थी र अबिभावक आ-आफ्नो ठाउँ लाग्नु पर्ने वक्ता हरुले बताउनु भयो ।

मन्तब्यकै क्रमममा कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष गणेशल श्रेष्ठ ले आफूहरु पालिका को शैक्षिक गतिविधि उकास्न सधैब तत्पर रहेको बताउनु भयो। गाउँपालिकामा शैक्षिक गुणस्तर उकास्न शिक्षक, अभिभावक र समितिका पदाधिकारीहरुको भुमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।

३१ श्रावण २०८०, बुधबार १६:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस