|  

गजुरीमा बृहत् रक्तदान कार्यक्रम सप्पन्न

१० भाद्र २०८०, आईतवार १८:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


रगतकाे मागलाई पुर्ति गर्ने उदेश्यका साथ बृहत रक्तदान कार्यक्रम गजुरीमा सप्पन्न भएको छ।

“रक्त दान जीवन दान ” भने नारालाई आत्मसात गर्दै पछिल्लाे समय धादिङ जिल्ला लगायत विभिन्न क्षेत्रहरुमा बर्खाको कारण धेरै सवारी साधन दुर्घटना,बाढीपहिरो जाने जस्ता विभिन्न प्रखोपले गर्दा घाइतेहरुलाई रगतको अभाव हुन नदिन रक्तदान गर्दै आएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङले बताउनुभयो।

गजुरी गाउँपालिका वार्ड न.१ गजुरीमा रक्तदान कार्यक्रम पालैपालो विभिन्न संघसंस्थाले गर्दै आइरहेको र यसलाई निरन्तरता दिन सधैं अघि बढ्ने उदेश्यका साथ लागेको रुद्रेश्वर आमा समूहका अध्यक्ष सीता श्रेष्ठ ले बताइन्।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग, ने.रे.सो. गजुरी उपशाखा, गजुरी सामुदायिक विकास समाज र युवा रेडक्रस सर्कल आदर्श बहुमुखी क्याम्पस गजुरीको सहयोगमा आदर्श बहुमुखी क्याम्पस चोक(माछापुच्छ्रे बैंक अगाडि) गजुरी बजारमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ८६ पाउण्ड रगत संकलन भएको थियाे ।
रक्तदान गर्नुहुने ८६ दाताहरु मध्ये ५८ जना पुरूष र २८ जना महिला सहभागी रहेका थिए ।

१० भाद्र २०८०, आईतवार १८:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस