|  

सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी ४’ युट्युबमा हेर्नुभयो ?

१५ कार्तिक २०८०, बुधबार ०७:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म ‘कबड्डी ४ स् द फाइनल म्याच’ मंगलबार इन्टरनेटमा रिलिज भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले आफ्नो युट्युब च्यानलबाट फिल्म सार्वजनिक गरेको हो ।

२०७९ सालको जेठ १३ गते हलमा रिलिज भएको १७ महिनापछि फिल्म युट्युबमा रिलिज भएको हो । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले घरेलु बक्स अफिसमा २२ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । हलमा मात्र यसका झण्डै आठ लाख टिकट बिक्री भएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

घरमा मात्र होइन, विदेशमा समेत फिल्मले १० करोडभन्दा बढीको कमाइ गरेको अनुमान गरिएको छ । हलमा रिलिज भएदेखि नै दर्शक यो फिल्मलाई युट्युबमा हेर्ने पर्खाइमा थिए । निर्देशक रामबाबु गुरुङले इन्टरनेट समुदाय र दर्शकमाझ फिल्म सार्वजनिक गर्न पाउँदा आफूहरु उत्साहित रहेको बताए ।

१५ कार्तिक २०८०, बुधबार ०७:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस