|  

नबिल बैंकले तीन महिनामा कमायो १ अर्ब ४६ करोड नाफा

१७ कार्तिक २०८०, शुक्रबार १३:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ४६ करोड रुपैयाँ बढी नाफा कमाएको छ । बैंक जारी गरेको पहिलो त्रैमास वित्तीय रिपोर्टअनुसार साउन, भदौ र असोज गरी कूल १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो ।

तथापि, अघिल्लो वर्षको तुलनामा बैंकको नाफामा ५.५० प्रतिशतले गिरावट आएको हो । गत आर्थिक वर्ष २०७९÷८० को असोज मसान्तसम्म बैंकले कूल १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी १३.५१ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ कमाएको छ । तथापि, यता बैंकको सञ्चालन आम्दानी ४.६८ प्रतिशत घट्दै २ अर्ब १२ करोड ६१ लाख रुपैयाँमा झरेको छ ।

१७ कार्तिक २०८०, शुक्रबार १३:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस