|  

आदर्श माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न,

६ पुष २०८०, शुक्रबार ११:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आदर्श माध्यमिक विद्यालय गजुरीले आफ्नो ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार उप्रेतीको अध्यक्षतामा ५६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम स्कुल प्राङ्गणमा बिहिवार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष शर्मिला बिशुराले सामुदायिक बिधालयहरुमा विद्यार्थीहरुको हकहितको लागि सधैं लागिपरेको र बिधालयलाई गाउँपालिका सरकारबाट गर्नु पर्ने सहयोगका निम्ति कहिले पछि नहट्ने प्रतिबद्धता दिनुभयो।

गजुरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तारा नाथ भण्डारीले सामुदायिक विद्यालयको उचित ब्यवस्थापन गरि ब्यावहारिक तथा रोजगार मूलक शिक्षामा लाग्न जोड दिदै आदर्श माध्यमिक बिधालयको भवन बनाउनका लागि १ करोड परेको समेत बताउनुभयो। भण्डारीले सामुदायिक विद्यालयलाई अगाडी बढाउन आफ्नो तथा वडाको तर्फबाट हर कदम सहयोग गर्न तयार रहेको बताउँदै विद्यार्थीहरुले मात्र नभई सबै शिक्षक शिक्षिकाहरुले समेत नियमित रुपमा विद्यालय भित्र राजनीति गर्न नपाउने,विद्यार्थीहरुले पढाईलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने र खेलकुद क्षेत्रलाई सगै लैजान समेत जोड दिनुभयो ।

आदर्श माध्यमिक बिधालयका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष श्री राजकुमार उप्रेतीज्यूको सभाध्यक्षता, गजुरी गाउँपालिकाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष श्री शर्मिला बिसुराल ज्यूको प्रमुख आतिथ्य, विद्यालयका संस्थापक सदस्य श्री पुरूषोत्तम दास श्रेष्ठज्यूको विशेष आतिथ्य र सबै वडाका वडाध्यक्षज्यूहरू, विभिन्न राजनीतिक दलका प्रमुख/ प्रतिनिधिज्यूहरू, समाजसेवी तथा शिक्षाप्रेमी महानुभावहरू, अभिभावकज्यूहरू लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको आतिथ्य र उपस्थितिमा विद्यालयको ‘५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सप्पन्न गरेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार उप्रेतीले बताउनुभयो।

विविध कार्यक्रमसहित एसईई(कक्षा १० र १२) परीक्षामा उत्कृष्ट जिपिए हासिल गर्ने विद्यार्थी, राष्ट्रपति रनिङ शिल्डका गोल्ड मेडलिस्ट खेलाडीहरू, यसै वर्ष विद्यालयबाट बिदाइ भएर जाने शिक्षकहरूलाई सम्मान र वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित बौद्धिक तथा खेलकुद गतिविधिका विजेताहरूलाई पुरस्कृत गरी भव्य रूपमा सम्पन्न गरेको आदर्श माध्यमिक बिधालयका प्रधानाध्यापक सुरेश कुमार बस्नेतले बताउनुभयो। आदर्श मा.वि.गजुरीका विद्यार्थीहरुले नाटक र राखेर आ-आफ्नो प्रतिभा देखाएका थिए।

कार्यक्रममा विद्यालयको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक सुरेश कुमार बस्नेतले प्रस्तुत गर्नु भएको थियो ।

सो कार्यक्रममा बिद्यालयका जग्गादाताहरु, विद्यालय ब्यवस्थापन समितीका पूर्व अध्यक्षहरु, विद्यालयका संस्थापक सदस्य , विद्यालयका पूर्व प्रध्यानाध्यापकहरु , संस्थापक तथा पूर्व शिक्षकहरुलाई समेत सम्मान पत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यातित्व तथा आर्थिक रुपमा सहयोग गर्ने पूर्व विद्यार्थीहरु तथा अतिरिक्त क्रियाकलाप र पढाइमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको विद्यालयका प्रधानाध्यापक सुरेश कुमार बस्नेतले जानकारी दिनुभयो ।

६ पुष २०८०, शुक्रबार ११:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस