|  

मगर संघ धादिङले सिद्धलेकमा मगर भेषभुसा संस्कृति झल्काउने नाच गान देखाउने

२२ पुष २०८०, आईतवार १७:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । मगर संघ धादिङले सिद्धलेक ६ स्थित फिस्टारमा माघे सँक्रातिलाई बिषेश बनाउने भएको छ । मगर भेषभुसा संस्कृति झल्काउने नाच गान भब्य तरिकाले मनाउने निर्णय भएको धादिङ मगर संघका अध्यक्ष कुल बहादुर थापा मगरले बताउनुभयो ।

कार्यक्रममा धादिङ सिद्धलेकदेखि रोराङ गजुरि ,बेनिघाट रोराङ ,गल्छि , निलकन्ठ, ज्वालामुखि गाउँपालिकाको मगर र पुरै गाउँपालिकाहरू सामेल हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा नृत्यमा भाग लिनेहरूलाइ खाना र गाडिको ब्यबस्था गरिएको छ भने उचित पुरस्कारको समेत ब्यबस्था रहेको आयोजक टिमका अध्यक्ष कुल बहादुर थापा मगरले बताउनुभयो । कार्यक्रममा आउने ब्यक्तिहरुको लागी सवारीको समेत सुबिधा रहेको छ । सिद्धलेकका स्थानिय मगरहरू लगायत सबै गाउँपालिकाको मगर समुदायको सक्रियतामा यो कार्यक्रम गर्न लागीएको र यसलाई सफल बनाउने धादिङ जिल्ला समितिका सदस्य कुसल आले मगरले जानकारी दिनुभयो ।

 

२२ पुष २०८०, आईतवार १७:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस