|  

नेतृत्व विकास सम्बन्धि पाँच दिने तालिम अध्यक्ष श्रेष्ठद्रारा उद्घाटन

२५ पुष २०८०, बुधबार २१:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका वडा नम्बर १ को धादिङ बहुप्राविधिक शिक्षालयको सभाहलमा शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजना गजुरी गाउँपालिकाको समन्वयमा आधारभूत तहका प्रधानाध्यापकहरुको ५ दिने नेतृत्व बिकास सम्बन्धि तालिम सुरु भएको छ।
बुधबार गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता,तारानाथ भण्डारी बिशिष्ट अतिथी,धादिङ बहुप्राबिधिक शिक्षालय गजुरीका शिक्षालय प्रमुख रबिराज भण्डारीको अतिथि,शिक्षा तालिम केन्द्र धुलिखेलका प्रमुख रुद्र हरि भण्डारीको सभापतित्वमा गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठले उद्घाटन गर्नुभएको गजुरी गाउँपालिका शिक्षा प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो।

शिक्षामा पालिकाको लगानी बढ्ने, गुणस्तरीय शिक्षामा सबैले जोड दिनुपर्ने, शिक्षामा राजनीति नगर्ने, सबैको सकारात्मक प्रयासबाट मात्र शिक्षामा सुधार लेराउने गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठले बताउनुभयो।
कार्यक्रममा बोल्दै गजुरी १ का वडा अध्यक्ष तारानाथ अध्यक्ष भण्डारीले गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर गाउँपालिकाले काम गरिरहेको बताउनुभयो ।

गाउँपालिकामा शिक्षाको अवस्था सुधार्ने जिम्मा तपाईको हो, के गर्दा राम्रो हुन्छ तपाईले सुझाव दिनुहोस् ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले शिक्षाका समस्या शिक्षकहरुलाई नै थाह हुने भएकाले गुणस्तरीय शिक्षाको लागि कमी कमजोरी पहिचान गरी सुधार गर्न आग्रह गर्नुभयो । उहाँले शिक्षाको गुणस्तर वृद्धिका लागि गाउँपालिका अग्रसर भएको समेत बताउनुभयो।

२५ पुष २०८०, बुधबार २१:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस