|  

बिद्यालयमा अतिरिक्त कक्षा संचालन गर्न गजुरी ८, वडा सरकारको आर्थिक सहयोग

८ माघ २०८०, सोमबार १९:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/गजुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको दुई वटा बिधालय किराञ्चोक मा वि र थुम्किडाडा मा. वि मा कक्षा १० का विद्यार्थीहरुको लागि अनिवार्य गणित अंग्रजि र विज्ञान बिषय को अतिरिक्त कक्षा संचालनमा आएको छ ।
बिधालयको समय भन्दा बाहिर कक्षा सन्चालन गर्न विद्यार्थीहरुको आर्थिक अबस्थामा कम्जोर रहने,बिधालयलाई अभिभावकहरुबाट पैसा तिर्न नसके भएकोले किरान्चोक माध्यमिक बिधालयमा अतिरिक्त कक्षा संचालन गर्न गजुरी ८ का वडा अध्यक्ष देवराज ओझाले २,००,००० (दुई लाख) छुट्याएको यसै बिधालयका लेखापाल सुन बहादुर तामाङले जानकारी दिनुभयो।
शिक्षामा कहिले पछि नहट्ने प्रतिबद्धता राखेर अघि बढ्नु भएका गजुरी ८ का वडा अध्यक्ष ओझाले अतिरिक्त कक्षा संचालन गर्न थुम्कीडाँडा मा.विको लागि पनि १५०,००० (एक लाख पचास हजार)छुट्याएको यसै बिधालयका लेखापाल दिनेश तामाङ्ले जानकारी दिनुभएको हो।
त्यही बिधालयमा कार्यरत शिक्षहरुलाई बिहान १० देखि४ बजेको समय भन्दा बाहिर पढाउनको लागि नियुक्ति गराएको हो। विद्यार्थीहरुको उज्वल भविष्यको लागि सधैं वडाको तर्फबाट गर्नु पर्ने सहयोग गर्न कहिल्यै पछि नहट्ने र शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको समेत गजुरी ८ का ओझाले प्रदेश हवलाई जानकारी दिनुभयो।
अभिभावकहरुबाट बालवालिकालाई बिधालय सम्म पठाउन घरको आर्थिक अबस्था कम्जोर रहेको भन्दै गुनासा आउन थालेपछी यो बर्षभर कोचिङ कक्षा सन्चालन गर्न शिक्षक नियुक्ति गराएको बताउदै थुम्की डाँडा मा.वि र किरान्चोक मा.वि मा शिक्षकहरू लाई पर्ति कक्षाको रू ४०० को दर ले पैसा उपलब्ध गराउने गरि बजेट छुट्याइएको गजुरी ८ का वडा अध्यक्ष देवराज ओझाले जानकारी दिनुभयो।

८ माघ २०८०, सोमबार १९:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस