|  

९औँ धादिङ महोत्सव दोस्रो दिन पनि भब्य, भोली कुन-कुन गायक/गायिका आउँदैछन् ?

११ माघ २०८०, बिहीबार १८:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । धादिङको गजुरी ५ गलौँदीमा ९औँ महोत्सवको आज दोस्रो दिनपनि भब्य रुपमा सञ्चालन भईरहेको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित महोत्सव सुरु भएको हो ।

आजको महोत्सवमा ख्यातीप्राप्त र चर्चित कलाकारहरु शिब हमाल, सरोज सिंखडा, गायीका सिता कोईराला, डान्सर सुस्मिता गिरी लगाएतका ब्यक्तित्वहरुबाट भब्य मनोरञ्जन प्रदान गरिएको छ ।

महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्धनमा टेवा पु¥याउने रहेको धादिङ उद्योग बाणिज्य संघका सदस्य रोहित भण्डारीले बताउनुभयो ।

महोत्सवमा कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री गर्न २ सय ४० स्टल रहेका छन् । महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिनेछ ।

भोली माघ १२ गते बाल गायक सुप्रिम मल्ल,भाईरल बाल गायिका ईप्सु सन्ज्याल, गायिका सुमित्रा तामाङ, गायक प्रदिप बराईली, हास्यकलाकार राजुमान रुम्बा लगायत स्थानिय कलाकारबाट बेजोड प्रस्तुती रहनेछ ।

घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर ¥याफ्टिङ पनि सुरु भएको छ । स्थानीय उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । अहिले प्रदर्शनमा बिभिन्न कृषिजन्य सामाग्रीहरु रहेका छन् ।
धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव माघ २१ गते सम्म संचालन हुनेछ ।

 

११ माघ २०८०, बिहीबार १८:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस