|  

आदर्श बहुमुखी क्याम्पस गजुरीको बिद्यार्थी गुणस्तर बृत्तको संयोजकमा नस्बिन उप्रेती चयन

६ चैत्र २०८०, मंगलवार ११:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ गजुरी गाउँपालिका १ स्थित आदर्श बहुमुखि क्याम्पसमा विद्यार्थी गुणस्तर बृत्त पुनर्गठन गरिएको छ । नस्बिन उप्रेतीको संयोजकत्वमा सर्कल पुनर्गठन गरिएको हो ।

उप्रेतीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वित्त तथा बजारशास्त्र विभाग प्रमुख रमेश अधिकारीले जानकारी दिनुभयो । सुस्मा मगा्रती सचिव, उपसंयोजक सुवास श्रेष्ठसहित समितिको सदस्यहरुमा सन्तोषी बस्नेत, बसन्ती कार्की, लक्ष्मी अधिकारी, सजिना बस्नेत, प्रजिना अधिकारी, सरस्वती भण्डारी, श्रीकृष्ण सुवेदी चयन भएका छन् ।

शिक्षण सिकाई प्रभावकारी बनाउने उद्देश्यले विद्यार्थीलाई सक्रिय बनाउन सर्कल पुर्नगठन गरिएको हो।क्याम्पसमा हुने बिभिन्न क्रियाकलापहरुलाई सहजीकरण गर्नको लागी पनि यो सर्कलले थप सहयोग मिल्नेमा जोड दिईएको छ । यो समिति यस्तो हुन्छ कि क्याम्पसको अभिङ्ग अङ हो, जसमा यहाँका शैक्षिक गतिविधि मात्र नभएर सामाजिक,आर्थिक ,राजनीतिक प्रशासनिकदेखि लिएर सबै मुल त शैक्षिक बिषय बस्तु भित्र रहेर शिक्षालाई सुधार गर्दै लैजाने, गाइट गर्ने सगसगै सल्लाह दिने उदेश्यले सर्कल गठन गरिएको क्याम्पस प्रमुख मुक्तिकला लामिछानेले बताउनुभयो ।

यसै क्याम्पसका स्ववियु सभापति गणेश पाण्डेले यस क्याम्पसमा स्ववियुले गर्नु पर्ने विद्यार्थी हकहितको लागि आवाज उठाउने कुराहरु राख्दै बागमती प्रदेश सामाजिक बिकास शिक्षा निर्देशनालयबाट सामुदायिक क्याम्पस गुणस्तर अभिवृदी कार्यक्रममा फागुन १ गते छनोट भएको समेत क्याम्पसको सभाहलमा बताउदैँ नयाँ नयाँ योजनाहरु बनाई काम गर्दै अघि बढ्ने प्रतिबद्धता राख्दै निर्वाचित गुणस्तर वृत्त सर्कलमा चयन भएका पदाधिकारीहरुलाई बधाई दिनुभयो ।

अमेरिकाबाट सुरुवात भएको विद्यार्थी सर्कल अहिले आएर क्याम्पसहरुलाई विभिन्न सङ्गठन बनाई अघि बढेको छ । तर विद्यार्थी गुणस्तर वृत्त यस्तो सङ्गठन हो जसले बिद्यार्थीबाटै नेतृत्व गरेर क्याम्पस प्रशासनसग मिलेर काम गर्न सहज होस भन्ने उदेश्यले स्थापना गरिएको एमएस कोअडिनेटर शरद चद्र सिंखडाले बताउनुभयो ।

६ चैत्र २०८०, मंगलवार ११:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस