|  

घट्यो वैदेशिक व्यापार ३३ अर्बले

६ चैत्र २०८०, मंगलवार १३:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपालको वैदेशिक व्यापारमा कमी आएको छ। गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ८ महिनामा वस्तु निर्यात र आयात दुवै घटेको हो। भन्सार विभागका अनुसार फागुन मसान्तसम्ममा १० खर्ब ३० अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ।

गत वर्षको यही अवधिमा १० खर्ब ५८ अर्ब रुपैयाँबराबरको आयात भएको थियो। २ दशमलव ६६ प्रतिशतले वस्तु आयात घटेको हो। त्यसैगरी फागुन मसान्तसम्ममा १ खर्ब ६१ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ। गत वर्ष यही अवधिमा १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो।

निर्यात ३ दशमलव ९९ प्रतिशतले घटेको हो। यता नेपालको वैदेशिक व्यापार समेत ३३ अर्बले घटेको छ। नेपालले चालू आवमा ११ खर्ब ३० अर्ब रुपैयाँको मात्रै वैदेशिक व्यापार गरेको छ।गत आर्थिक वर्षको फागुनसम्ममा ११ खर्ब ६३ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो।

६ चैत्र २०८०, मंगलवार १३:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस