|  

बागमती प्रदेशमा सरकार टिकाउन सत्ता गठबन्धनलाई सकस

१४ चैत्र २०८०, बुधबार १३:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मकवानपुर । बागमती प्रदेशमा अन्य प्रदेशको तुलनामा जटिल अङ्कगणितका कारण सरकार टिकाउन सत्ता गठबन्धनलाई सकस परिरहेको छ । सरकारमाथिको सङ्कट टार्न गठबन्धन दलहरू तीव्र दौडधुपमा छन् ।

केन्द्रीय तहमा प्रदेश सरकारको नेतृत्व नटुङ्गिएका बखत प्रदेशका सांसद र दलका नेताहरू काठमाडौँमै डेरा जमाएर बसिरहेका छन् । प्रदेशका मुख्यमन्त्रीदेखि एमाले संसदीय दलका नेता र एकीकृत समाजवादीका नेता पनि काठमाडौँमै छन् ।

केन्द्रको भागबण्डा कुरिरहेका नेताहरू गठबन्धनको बहुमत जुटाउन अपुग सांसदको खोजीमा साना दलहरूसँगको भेटघाटमा समेत जुटेका छन् ।

प्रदेश सरकारको भागबण्डाको निर्णय कुरिरहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि दलहरूसँगको भेटघाटमा छन् । सरकारको नेतृत्व आफ्नो पक्षमा पार्न गठबन्धनमा दबाब बढाइरहेका उनी दलहरूको समर्थन जुटाउन पनि सक्रिय छन् ।

१४ चैत्र २०८०, बुधबार १३:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस