|  

इन्डियन प्रिमियर लिग : हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित

१५ चैत्र २०८०, बिहीबार ०६:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलकै सबैभन्दा उच्च स्कोर बनेको खेलमा सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स ३१ रनले पराजित भएको छ ।

तीन ब्याटरले अर्धशतक बनाएपछि हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २७७ रनको कीर्तिमानी योगफल खडा गरेको थियो । आईपीएलको इतिहासमा यो अहिलेसम्मै सबैभन्दा ठुलो योगफल हो ।

प्रतियोगितामा हैदराबादको यो पहिलो जित हो । जितसँगै दुई खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो खेलमा हार बेहोरेको मुम्बई भने तालिकाको नवौँ स्थानमा छ ।

१५ चैत्र २०८०, बिहीबार ०६:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस