|  

मुगु जीप दुर्घटनामा दुईजनाको मृत्यु

१५ चैत्र २०८०, बिहीबार ०७:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १५, काठमाण्डौँ । मुगुमा जीप दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ । गमगढीबाट सोरुकोटका लागि छुटेको जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् ।

मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार ज्यान गुमाउनेमा जीप चालक कविराज नेपाली र परिचय नखुलेका एकजना महिला रहेकी छिन् । कच्ची र साँघुरो चार मोड भन्ने ठाउँको सडकबाट जीप खसेको थियो ।

१५ चैत्र २०८०, बिहीबार ०७:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस