|  

धादिङमा जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता हुँदै, प्रथम पुरस्कार नगद रु ३० हजार !

१५ चैत्र २०८०, बिहीबार २०:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङमा नयाँ बर्षको अबसरमा जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । चैत २९ गतेदेखि २०८१ बैशाख १ गते सम्म कबड्डी प्रतियोगिताको आयोजना गरिएको विल्केश्वर युवा क्लबका अध्यक्ष बिकाश गरंजाले जानकारी दिए ।

विल्केश्वर युवा क्लबको आयोजना र धादिङ कबड्डी संघको सहकार्यमा जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेतालाई नगद ३० हजार, उपविजेताले १५ हजार तथा तृतिय हुने समुहले ७ हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने गरंजाले जानकारी दिए ।

साथै बेस्ट रेडर, बेस्ट डिफेण्डर, सम्मान गरिने आयोजकले जनाएको छ । जिल्लाको जुनसुकै स्थानबाट पनि सहभागी हुन पाउने यस प्रतियोगितामा खेलाडीहरु भने जिल्ला भित्रकै हुनुपर्ने अन्य जिल्लाका खेलाडीहरु समावेश हुन नपाउने,खेलाडीको तौल ७० केजी भन्दा कम हुनुपर्ने आयोजकले जनाएको छ ।

चैत्र २६ गतेसम्म प्रतियोगितामा सहभागी हुन टिम दर्ता गरि सक्नु पर्नेछ । दर्ता शुल्क तीन हजार रुपियाँ लाग्ने र खेलमा समावेश हुने सम्पूर्ण खेलाडीहरुको ५०,००० सम्मको बिमा गरिने आयोजकले बताएको छ ।

१५ चैत्र २०८०, बिहीबार २०:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस