|  

भारतले बंगलादेशलाई दियो ईद उपहारमा जमिन ! दुई देशबीच ५० वर्षपछि जमिन आदानप्रदान

१ बैशाख २०८१, शनिबार १२:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १, काठमाण्डौँ । भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ । बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको हो । जवाफमा भारतले पनि बंगलादेशबाट १४.६८ एकड जमिन अधिग्रहण गरेको छ ।

भारतीय पक्षबाट बीएसएफ सीमा सुरक्षा बल र बंगलादेश पक्षबाट बीजीबी बोर्डर गार्ड बंगलादेशबीच झण्डा बैठकमा भूमि आदानप्रदान भएको थियो ।

१ बैशाख २०८१, शनिबार १२:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस