|  

अब एमाले सरकारमा जान्छ – पूर्व मन्त्री पाण्डे

४ श्रावण २०७८, सोमबार १९:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । पूर्व सथानिय विकास मन्त्री एवम् धादिङका प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले सर्वोच्चको फैसला सँगै प्रधानमन्त्री देउवाले विश्वासको मत पाए पछि दम्भ, घमण्ड र भस्माशूर ढलेको बताउनु भएको छ । धादिङमा रहेका माधव नेपाल पछिय कार्यकर्ताहरु सँगको भेटघाटमा पाण्डेले अब एमाले देउवा सरकारमा जाने बताउनु भएको छ । ओली प्रवृत्ति ढल्यो संविधान बच्यो अब ओलीहरु सत्ताबाहिर रहेपनि एमाले देउवा गठबन्धन सरकारमा जाने बताउनु भएको हो ।

नेता पाण्डेले, केपी शर्मा ओली अझै पश्चाताप र घमण्डबाट मुक्त नभए ओलीलार्ई छाडेर राष्ट्रियताको रक्षा, स्वाधिन नेपाल निर्माण जनजीविका, भ्रस्टाचार नियन्त्रण गर्दै आर्थिक संमृद्धिको लागि सबै कम्युनिष्टहरुको एउटा नयाँ अर्को पार्टी उदय हुने समेत बताउनु भयो ।

ज्वालामुखीमा स्व. सुभद्रादेवी अर्यालको १३ दिनको श्रद्धाञ्जली सभामा सहभागी भएर फर्कने क्रममा धादिङबेसी स्थित एक होटलमा कार्यकर्ताहरुलाई भेट्दै नेता पाण्डेले कार्यकर्तालाई एमाले नसिद्धिने बरु थप सशक्त एबम् बलियो क्रान्तिकारी पार्टी बन्ने बताउनु भएको हो । साभारः धादिङ पोष्ट डटकम ।

४ श्रावण २०७८, सोमबार १९:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस