|  

आजको राशिफल

२० आश्विन २०७८, बुधबार ०७:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


वि.सं.२०७८ साल असोज २० गते । बुधवार । ईश्वी सन् २०२१ अक्टोबर ०६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– औशी, बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–हस्त, रातको १२ बजेर १७ मिनेट उप्रान्त चित्रा । योग– ब्रम्ह, बिहान १० बजेर ४१ मिनेट उप्रान्त ऐन्द्र । करण– नाग, बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त किंस्तुध्न, रातको ०४ बजेर २३ मिनेट उप्रान्त बव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४२ मिनेट । दिनमान २९ घडी १९ पला । दर्शश्राद्ध, औंशीश्राद्ध, पितृविसर्जन, स्नानदानादौ औंशी,हलो बार्ने ,निशि बार्ने ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुने हुनाले खुशिले उचाई नाघ्नेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा कमजोर नतिजा आउने हुनाले ईष्टमित्र भन्दा पछी परिनेछ । समय तथा प्रविधीको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धी हरु नै हावी हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउँन सक्छ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । प्रेममा अविस्वास सिर्जना हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्तहरु टाडिनेछन् भने आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपदा मन खिन्न हुनेछ । सवारी साधन चलाउदा तथा जग्गा सम्वन्धी काम गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । अन्य व्यावसाय मध्ययम रहेपनि कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिस्पर्धामा सहभागि हुनु परेपनि प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको सहयोगले व्यापार व्यावसायमा लगानि गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दैनिक खर्च बढ्नाले अर्थअभावले सताउन सक्छ । व्यावसायमा लगानी गर्नको लागी केहि दिन कुर्नु नै राम्रो हुनेछ । आफन्त तथा कुटुम्बलाई चाडै विश्वास गर्नाले धोका पाईनेछ । प्रेममा अबिस्वास बढ्ने तथा पति पत्नी बीच शंका उपशंका बढ्नेछ । अध्ययनमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । तरपनि प्रयत्न गर्दा सापटी लगिएका धन सम्पती फिर्ता हुने गतिलो सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरिमा सहकर्मिहरुलाई पछी पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेकोछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दुरिको यात्राको लागी समय उत्तम रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जाने तथा विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागी समय फलदायी रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्वन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेकोछ । अध्यनमा प्रगती हुनेछ भने विद्यार्थि वर्गका लागी आजको दिन फलदायी रहनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा यात्रा हुनेछ । राज्यको मेकानिजम्भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने जागरी गर्नेहरुका लागी सयय उत्तम रहेकोछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने बाताबरण बन्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शैक्षिक तथा धार्मिक यात्रा हुने भएपनि यात्राको क्रममा कष्टको सामना गर्नुपर्ने हुनसक्छ ध्यान दिनुहाला । समाजमा राम्रा काम गर्दागदै प्रतिश्पर्धिहरुले खुट्टा तान्नेछन् । खोजीमुलक क्षेत्रमा नतिजा हात पार्नको लागी अढिनै खट्नु पर्नेछ । अग्रज तथा धार्मिक क्षेत्रमा मानिससँग बिवाद हुनसक्छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथि भाईसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथि भेटिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने भौतिक सम्पती तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरिको यात्रा हुनेछ । परिवारका साथ रमाईलो जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

२० आश्विन २०७८, बुधबार ०७:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस