|  

एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने

१६ श्रावण २०७८, शनिबार ०८:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं- नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।

शनिबार तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने जनाइएको छ। केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुने तामाङले जानकारी दिए

१६ श्रावण २०७८, शनिबार ०८:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस