|  

नुवाकोटको झिल्टुङ प्रहरी चौकी मन्त्री जम्कट्टेल द्वारा उद्घाटन

२५ कार्तिक २०७७, मंगलवार २१:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नुवाकोट २५ मंगलबार
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको रु.१,८२,३५,३७४.३३(एक करोड बयासी लाख पैतिस हजार तिन सय चौहत्तर दशमलव तेत्तिस पैसा) सहयोगमा प्रहरी चौकी झिल्टुङ नुवाकोटको नव निर्मित,भान्सा,शौचालय र कार्यालय भवनको समुदघाटन कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय शालिकराम जम्कट्टेल ज्यू, जि.नुवाकोट बेलकोटगढी न.पा.का प्रमुख (मेयर) राजेन्द्ररमण खनाल,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल,बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा,बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी बरिष्ट उपरीक्षक सुदिप गिरी,जिल्ला नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की,प्रहरी नायव उपरीक्षक हरि बहादुर वली,सशस्त्र प्रहरी नायव उपरीक्षक मदन ढुङगान,राष्ट्रिय अनुसन्धान बिभाग नुवाकोटका प्रमुख अनुसन्धान अधिकृत हेमन्त चौधरी,बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको ई.प्र.नि. बिमला देवि श्रेष्ठ,स्थानिय जनप्रतिनिधीज्यूहरु ,सरकारी तथा गैर-सरकारी कार्यालयबाट उपस्थित कर्मचारीहरु,संचारकर्मीहरु लगायत प्रहरी कर्मचारीहरु उपस्थितीमा प्रमुख अतिथि ज्यूबाट उक्त नव निर्मित प्रहरी चौकी झिल्टुङको कार्यालय भवन,भान्सा तथा शौचालय भवनको समुदघाटन गर्नुको साथै भवन निर्माण सम्बन्धी संक्षिप्त प्राबिधिक प्रतिवेदन प्र.नि.ई. बिमला देवि श्रेष्ठले प्रस्तुत गर्नु भयो, उक्त भवन निर्माणमा निशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरु तथा भवन निर्माण कार्यमा सहयोगी भुमिका निर्बाह गर्ने ब्यक्तिहरु जि.नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं.०६ निबासी गोपिनी घिमिरे र उत्तर कुमार घिमिरे,भवन निर्माण कार्य सम्पन्न गर्ने श्री पवित्रा मल्टिपल कन्ट्रक्सनका प्रतिनिधि केशव दाहाल,बेलकोटगढी न.पा.का प्रमुख राजेन्द्ररमण खनाल,प्र.चौ.झिल्टुङका वर्तमान कार्यालय प्रमुख प्र.स.नि.सुदिप थापालाई सम्मान स्वरुप प्रंशसापत्र प्रदान गर्नुका साथै प्रमुख अतिथि,बेलकोटगढी न.पा.प्रमुख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव,प्रमुख जिल्ला अधिकारीले सुभ-कामना दिनुभयो साथै बागमती प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. बसन्त कुमार लामा ज्यूबाट प्रमुख अतिथि,अतिथि लगायत उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिनुभयो ।

२५ कार्तिक २०७७, मंगलवार २१:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस