|  

नेपालमा एकैदिन ५७ नयाँ कोरोना सङ्क्रमित भेटिए, संक्रमित सङ्ख्या १ सय ९१ पुग्यो

३० बैशाख २०७७, मंगलवार १४:२८ प्रकाशित
प्रदेश हव न्युज डेस्क


नेपालमा मङ्गलबार एकै दिन ५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र पर्सामा ३९ जना सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी बारामा १ जना भेटिएका छन् ।

यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ सय ९१ पुगेको छ । हालसम्म प्राप्त विवरण अनुसार नयाँ सङक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । पछिल्ला दिनहरुमा कोरोना सङ्क्रमितहरुको सङख्या बढ्दै गएको छ । सोमबार मात्र २४ जनामा कोरोना सङक्रमण भएको पुष्टि भएको थियो ।

 

३० बैशाख २०७७, मंगलवार १४:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस