|  

महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

३ श्रावण २०७८, आईतवार १७:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको रातोपाटीलाई बताए ।

​प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो । छलफलमा प्रम देउवाले ठाकुरलाई मधेशको माग पुरा गर्ने आश्वासन दिएका थिए । देउवाको आश्वासन पछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको छ । जसपाका ३२ जना सांसद रहेका छन् । रातो पाटी डटकमले समाचार लेखेको छ ।

३ श्रावण २०७८, आईतवार १७:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस