|  

शिक्षक हरुको लागि ७ दिने ICT तालिम गजुरीमा शुरु

२८ जेष्ठ २०७६, मंगलवार १८:१९ प्रकाशित
बिक्रम अधिकारी/ धादिङ


गजुरी गाउँपालिका ले आधारभुत तहको शिक्षक हरुका लागि ७ दिने आइ सि टि तालिम गजुरि मा शुरु गरेको छ।
गजुरी गाउँपालिका को कार्यलय, शिक्षा युवा तथा खेलकुद शाखा को आयोजना मा संचालित तालिम मा गाउँपालिका का विभिन्न २० ओटा बिधालय का शिक्षक हरु को सहभागीता रहेको छ।

शिक्षा लाई थप गुणस्तरीय र समय सपेक्ष बनाउनुको साथै बिज्ञान र प्रबिधि सङ्ग नजिक गराउन तालिम ले मद्धत पुर्याउने छ।
मंगलबार बाट सुरु भएको उक्त तालिम को सहजीकरण गाउँपालिका का शिक्षा अधिकृत ईश्वर श्रेष्ठ, आइटी अफिसर बिबेक नेपाल र सुरेन्द्र पाठक ले गर्नेछन।  तालिम आगामी असार २ गते समापन हुनेछ।

२८ जेष्ठ २०७६, मंगलवार १८:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस