|  

शम्भु राई र प्रकाश सपुतबीच सहमति

११ असार २०७६, बुधबार १८:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ – लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो ।

सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ । गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टीमा भने शम्भु राईको हकदाबी नहुने समेत सहमतिमा उल्लेख छ ।

सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने सहमति समेत भएको छ । सहमतिपत्रमा दुवैले हस्ताक्षर गरेका छन् । दुवै पक्षबीच भएको सहमतिपछि गलबन्दीको विवाद मिलेको छ । गलबन्दीको धेरै दिन देखिको विवाद अब भने समाप्त भएको छ

११ असार २०७६, बुधबार १८:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस