|  

बेनिघाट रोराङ गाउँपालिकामा इन्धनको नाममा ब्रम्हलुट शिर्षक को समाचार झुट- अध्यक्ष डल्लाकोटी

१४ श्रावण २०७६, मंगलवार १८:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ, साउन १४

गत सोमबार “बेनिघाट रोराङ गाउँपालिका मा इन्धनको नाममा ब्रम्हलुट, अध्यक्ष डल्लाकोटी लाई २० लाखको इन्धन” भन्ने शिर्षक मा एक अनलाइन ले समाचार प्रकासित गरेपछी गाउँपालिका ले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।
गाउँपालिका ले आर्थिक बर्ष २०७५/७६ मा सवारी मर्मत तथा इन्धन शिर्षक मा भएको खर्चलाइ लिएर प्रकाशित उक्त समाचार सत्य नभएको स्पष्ट पारेको छ।
गाउँपालिका बाट प्रकाशित अध्यक्ष डल्लाकोटी द्वारा हस्ताक्षर गरिएको बिज्ञ्यप्ती मा भनिएको छ
” १ थान ब्यकहो लोडर, १ थान ट्रीपर, २ थान स्कार्पियो र ७ थान मोटरसाइकल भएको र उक्त सवै सवारीसाधन हरुमा प्रयोग हुने इन्धन हरुको साथै यस गाउँपालिका मा पर्ने पृथ्वीराजमार्ग को १५ मिटर सफाइको क्रम मा भएको इन्धन खर्च तथा गाउँपालिका भित्र सुरक्षा, स्वास्थ्य तथा शिक्षा का विभिन्न गतिबिधी हरुमा भएका इन्धन खर्च समेत एकमुष्ट इन्धन शिर्षक बाट खर्च लेखिएको साथै कार्यलय मा भएको सम्पुर्ण सवारीसाधन को मर्मत संहार, सर्भिसिङ लगाएत मा भएको खर्चलाई समेत यथार्थ नबुझी अध्यक्ष को गाडिमा भएको खर्च भनी समाचार सम्प्रेषण भएको उक्त समाचार सत्य नभएका ले समाचार प्रकाशन प्रती दु:ख ब्यक्त गर्दछु”।
गाउँपालिका द्वारा स्पष्ट परिएको पत्र:

१४ श्रावण २०७६, मंगलवार १८:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस