|  

प्रदेश ३ विपद ब्यबस्थापन समितिले गरे महत्त्वपूर्ण निर्णयहरु ।

२१ श्रावण २०७६, मंगलवार १७:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लोक बहादुर गुरुङ कमल
मकवानपुर,साउन २१
३ नं प्रदेशको मुख्यमन्त्री अध्यक्ष रहेको विपद ब्यबस्थापन निर्देशक समितिको बैठक मुख्यमन्त्रीज्युको अध्यक्षतामा बसि गरेको निर्णयहरु ।
१) अविरल बर्षाको कारण आएको बाढी पहिरो डुबान लगायतको घटनामा परि खाद्यान्न लत्ताकपडा घर पुर्ण रुपमा नष्ट भएका वा जोखिम युक्त रहेको अन्यत्र सर्नु पर्ने बिस्थापित परिवारहरुलाइ प्रति परिवार एक लाखको दरले राहत रकम उपलब्ध गराउने ।
२) अति प्रभावित स्थानीय तहहरु पहिचान गरि खानेपानी, सिंचाइ, सडक, बिद्यालय लगायत भौतिक संरचनाको क्षेतिको विवरण संबंधित जिल्ला विपद ब्यबस्थापन समिति मार्फत माग गर्ने निर्णय गरियो ।
३) निर्णय २ अनुसारको विवरण जिल्ला ब्यबस्थापन समिति बाट प्राप्त भएपछि क्षेतिका आधारमा अधिकतम रु पचास लाख सम्म पुनर्निर्माणको लागि प्रदेश सरकारले स्थानीय तहलाई सहयोग उपलब्ध गराउने निर्णय गरियो ।
४) अविरल बर्षाको कारण आएको बाढी पहिरो डुबान लगायतको कारण सृजित विपद सामना गर्न सबै निकाय सामाजिक संघ सस्था उद्योगि व्यापारी एवं सर्वसाधारणहरुलाइ सहयोगको लागि आह्वान गर्ने निर्णय भएको प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रदेश विपद निर्देशक समिति सदस्य माननीय शालिकराम जम्कट्टेलले बताउनुभयो ।

२१ श्रावण २०७६, मंगलवार १७:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस