|  

पत्रकार कार्की को वातावरण मैत्री जन्मोत्सव,विरुवा रोपेर मनाए जन्मदिन

३ माघ २०७६, शुक्रबार ०७:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


पत्रकार तथा युवा अभियान्ता दिनेश कार्की ले आफ्नो जन्मदिनको अवसरमा बिरुवा रोपेर आफ्नो जन्मोत्सव मनाएका छन। बिगत ४ बर्ष देखि युवा पत्रकारिता मा सक्रिय कार्की ले आफ्नो जन्मदिनमा भक्तपुर को राष्ट्रिय युवा परिषद परिसर मा कागती र एभोकाडो फलफुल को बिरुवा रोपेर आफ्नो जन्मदिन मनाएका हुन् । सदैव युवा हक अधिकार ,युवा स्वरोजगार र युवा उद्धमशिलता तथा दिगो विकासका लक्ष्य प्राप्तिका लागी सकारात्मक कलम चलाउने कर्कीले यो वर्षको जन्मदिन वातावरण मैत्री तवर बाट मनाउछु भन्दै कागती र एभोकाडो को बिरुवा रोपेर जन्मदिनको खुसी साटेका हुन् । कार्कीले सानोठिमी भक्तपुर को युवा परिषद परिसर भित्रकै खाली जमिनमा बिरुवा रोपेका हुन। कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकीय अधिकृत डा.बाबुराम ढुंगाना , परिषदका उप-सचीव तथा सूचना अधिकारी ध्रुव राज पौडेल,परिषदका कर्मचारीहरु,केवलिराम अधिकारी,श्याम काजी खत्री ,मिरा काफ्ले,शारदा ज्ञावली, कमला ज्ञावली ,प्रकेश श्रेष्ठ ,नरेश गिरी लगायत उद्धमशिलता तथा वित्तीय साक्षरता तालिममा सहभागी युवा हरु गरि करिब ४५ जना को उपस्थिति रहेको थियोे। यसै क्रममा परिषदका प्रमुख प्रशासकीय अधिकृत डा.बाबुराम ढुंगानाले दिन को संकेत बिहान ले गर्छ भने जस्तै बातावरण संरक्षण को लागि यो अत्यन्तै सकारात्मक कदम रहेको भन्दै बधाई तथा प्रसंशा व्यक्त गर्नु भयो। हामिले गरेका हरेक शुभ कार्यक्रम वातावरण मैत्री बनाउने अभियान मा छौँ ।, तपाईं जस्तै सबै युवा ले जन्मदिन मा कुनै ठूलो खर्च नगरी आफ्नो माटो र वातावरण को लागि २ ओटा मात्र बिरुवा रोप्ने हो भने वातावरण संरक्षण मा ठूलो योगदान हुने छ। यो अभियान मा जोडिएको मा तपाईंलाई बधाई तथा स्वागत छ। परिषदका उप-सचिव एवम् सूचना अधिकारी ध्रुवराज पौडेल ले भन्नू भयो ।

कार्की हाल युग सन्देश मिडिया नेटवर्क प्रा.लि मा समाचार प्रमुख को भुमिकामा रहेर कलम र आवाज बाट युवा को मुद्दा र युवा को आवाजलाई बुलन्द गर्दै सक्रिय युवा पत्रकारिता गरिरहेका छन् । उनी हाल नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय युवा परिषदका नमुना युवा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा युवा क्लब संजालका केन्द्रिय सह-सचीव समेत हुन् ।

३ माघ २०७६, शुक्रबार ०७:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस