|  

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

२५ फाल्गुन २०७८, बुधबार ०८:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । काठमाण्डौको बबरमहलमा रहेको एक होटलमा बैठक बिहान ११ बजेदेखि सुरु हुने नेकपा (एकीकृत समाजवादीले जनाएको छ ।

दुई दिने पूर्ण बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा, एमसीसी परियोजना र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । पार्टीले आउँदो स्थानीय तह चुनावमा लिन सक्ने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

२५ फाल्गुन २०७८, बुधबार ०८:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस