|  

नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानियले गरे तोडफोड

२९ चैत्र २०७८, मंगलवार ०७:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ – नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानियले तोडफोड गरेका छन् ।

आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै सोमबार कार्यालयमा स्थानीयले तोडफोड गरेका हुन् । दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए । तर खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिवद्धतापछि आन्दोलन रोकिएको चन्द्रागिरि २ का भाइकृष्ण तामाङले बताए ।

आक्रोशित स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गर्दा करिव १ दर्जन झ्यालका सिसाहरू फुटेका छन् । आयोजनाले खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता गरेपनि पूरा नभएपछि आन्दोलन भएको वडा नम्बर १ का अध्यक्ष गोपी सुर्खेतीले बताए ।

आन्दोलनकारीले कार्यालयको सिसा तोडफोड गरेपछि महानगरीय प्रहरी वृत्तको टोली परिचालन गरिएको छ ।

२९ चैत्र २०७८, मंगलवार ०७:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस