|  

गजुरी ८ का वडा अध्यक्ष को लागि उम्मेद्बारी दिएका ओझा को यस्तो छ प्रतिबद्धता

१५ बैशाख २०७९, बिहीबार १९:४३ प्रकाशित
प्रदेश हव न्युज डेस्क


आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन मा माओवादी केन्द्र गजुरी ८ बाट उम्मेद्बारी दिएका देवराज ओझा ले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन। यस्तो छ उनको प्रतिबद्धता “आदरणिय विकासप्रेमी आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरु
क्रान्तिकारी अभिवादन सहित नमस्कार ।””
सर्वप्रथम म देवराज ओझा जन्मदेखी तपाईंहरुकै वरिपरी रहनपाएकोमा सदैव तपाईंहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु ।
विधालय शिक्षाको केही बर्षपछी नै उच्चशिक्षा पश्चात विकासोन्मुख साविकको किरान्चोक गविसमा फर्केर हालसम्म तपाईंहरुकै सेवा गर्ने अवसर पाएकोमा आफुलाई भाग्यमानी ठान्दछु।
मैले समाज विकासमा दिएको योगदान र सम्पूर्ण किरान्चोकवासी आमाबुवा , दाजुभाइ, दिदीबहिनी एवम जोसिला युवा हरुको चाहना अनुरुप ” दिगोविकास सहितको समानता एवम सुखी समाज” निर्माणको सपनाका साथ आसन्न स्थानिय निर्वाचनमा थप जिम्मेवारी बहन गर्न आफ्नो जागिर छोडेर नेकपा माओवादी केन्द्र गजुरी वडा न ८ मा कृयाशिल टिम सहीत वडा अध्यक्ष पदमा उमेरद्वारी दिएको छु ।

मेरो उमेरद्वारीलाई सर्वसम्मत रुपमा स्विकार गर्नुभएकोमा पार्टी पङ्तीप्रति हार्दिक धन्यवाद सहित सम्पूर्ण जनसमुदायप्रति थप जिम्मेवारीपुर्वक आफ्नो प्रतिवद्धता प्रस्तुत गर्न चाहन्छु ।

१.यस अघि सुरुभएका विकास निर्माण कार्यको निरन्तरता र पुरा गर्ने छु साथै दिर्घकालिन योजनाका माग फारम बस्तीबस्तीमा तुरुन्तै उपलब्ध गराउने छु र योजना मागकोलागि निरन्तर पालिका, प्रदेश र केन्द्र धाउनेछु।
2. वडाले यसअघि प्रदान गर्ने सेवासुविधालाई बिना कटौती निरन्तरता दिने छु।
3. नितिगत शैक्षिक सुधारका कार्यक्रम पुर्ण कार्यान्वयन गर्ने छु र शैझिक संस्थाहरु निरन्तर अनुगमन, समस्या समाधानमा विज्ञहरूका सल्लाह अनुरूप शैझिक सुधारका कार्यक्रम ल्याउने छु।
4. प्राविधिक बिषयहरुको पढाइ सञ्चालनमा पहल गर्ने छु। विधालय नर्सको व्यवस्थापनमा पहल गर्ने छु।
5. गरिब, जेहनदार, दलित एवम उत्कृष्ट बिधार्थीहरुलाई पुरस्कृत र निःशुल्क उच्च शिक्षाका लागि पहल गर्ने छु। बार्षिकरुपमा उत्कृष्ट तिन शिक्षकलाई वडा स्तरीय उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गर्ने छु।

6. निर्माणका कार्य अन्तर्गत सडक सञ्जाल कम्तिमा ५ बर्ष सम्म काम लाग्ने “बरु थोरै तर दिगो” अवधारणा अनुरुप सबै क्षेत्रबाट समानरुपमा गर्नेमा प्रतिबद्ध छु। ट्रयाक खोलिएका महत्वपूर्ण सडक बार्हैमहिना चल्ने गरि गार्भेल र नालीको व्यवस्थापन र पिचमा जोड दिने छु।
7. उर्बर भुमी, सिँचाइको प्रशस्त सम्भावना , तरकारी उत्पादनको पकेट क्षेत्र, म आँफै किसान र किसानको छोरो भएकाले कृषिलाई नै रोजगारीको प्रमुख आयस्रोतकोरुपमा व्यवसायीकरण गर्ने छु।

8. किसानका समस्याहरु नजिकबाट नियाल्न पाएको छु त्यसकारण किसानलाई मल, बिउ र बजारीकरणको सुनिस्चिता हुनेगरी काम गर्ने छु साथै उत्पादन लाई बजारीकरण गर्न ” किसानकै खेत किसानकै पसल” अनुरुप किसान र काठमाडौं उपत्यकामा तरकारी तथा फलफुल व्यवसाय गर्ने किरान्चोकवासी खुद्रा व्यवसायीबिच समन्वयात्मक भूमिका निर्वाह गर्ने छु।

9. प्रत्येक घरघरमा स्वच्छ खानेपानी , वडासदस्यज्यु मार्फत बृद्धभत्ता र मोबाइल स्वास्थ्य सेवाको व्यवस्थापन गर्नेछु।

10. डिजिटल वडा र बडावासीको सम्पूर्ण लगत डिजिटल गर्ने छु।
11.प्रत्येक वडावासीको खाद्य सुरझा र सुत्केरी तथा बालबालिका, नवजात शिशुहरूलाई पौष्टिक आहारको ग्यारेन्टीका साथ काम गर्ने छु।
12. देशविदेश छरिएर बस्नुभुएका सम्पुर्ण बडावासीको योग्यता, दक्षता र रोजगारीको सम्पूर्ण लगत राख्ने छु र सम्पूर्ण दक्ष प्राविधिक मार्फत सल्लाह , सुझाव, कोचिङ र परामर्श सुविधा उपलब्ध गराउने छु।
13. खेलमैदान, खेल सामग्री र राष्ट्रिय खेलाडी उत्पादनमा जोड दिनेछु ।
14. धार्मिक र एतिहासिक महत्वका स्थलहरु मठमन्दिर ,चैत्य, बिहार, पाटी पौवा, चौतारो संरक्षण संवर्द्धन र पुनर्निर्माण गर्ने छु।
15. पर्यटन प्रवर्द्धनको लागि वडाको माथिल्लो क्षेत्र अनुपम रहेकाले होमस्टेसहित पर्यटन प्रवर्द्धनको कार्यक्रम ल्याउने छु।

16. पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशिलता अनरुप वडाका प्रत्येक खर्च त्रैमासिकरुपमा सार्वजनिक गर्ने छु।

17. हिजो,आज र भोली सदैव तपाईहरुकै घरदैलो, मेलापात र सम्पर्कमा हुनेछु र तपाईँको गुनासो सुनवाई, समस्या समाधान र सेवा गर्न म र मेरो टिम पुर्णरुपमा प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहान्छु।

आदरणीय वडावासी जनसमुदायहरु,
मलाई लाग्छ, यो युवा जीवनमा मैले तपाईँहरुको सम्पूर्ण वडाबासीको मन जितेको छु र बैशाख 30 मा हुनगईरहेको स्थानीय निर्वाचन तपाई मनलाई गोलाकार भित्रको हँसिया हतौडामा मतको रुपमा परिणत गर्नेमा विश्वस्त छु र तपाईहरुलाई प्रतिवद्धता सहित हार्दिक अपिल गर्दछु।

“क्रान्तिकारी अभिवादन सहित नमस्कार “

१५ बैशाख २०७९, बिहीबार १९:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस