|  

गजुरीमा बसको ठक्करबाट वालकको मृत्यु ,बस जालए

६ आश्विन २०७९, बिहीबार ११:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको गजुरी गाउँपालिका– १ को गजुरी बजारमा विद्यालय जाँदै गरेका बालकलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
आज विहान विद्यालय जाँदै गरेका ६ वर्षीय विजय परियारको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। गोरखाबाट काठमाडौं आउँदै गरेको बसले जेब्राक्रसमा सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो ।
बालकको मृत्यु भएपछि स्थानीय र आफन्तले बसमा आगो लगाइदिएका छन्। उनीहरुले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।

६ आश्विन २०७९, बिहीबार ११:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस