|  

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन आजदेखि शुरु हुँदै

२५ आश्विन २०७९, मंगलवार ०७:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन आजदेखि शुरु हुँदै छ। मुलुक आम निर्वाचनमा होमिरहँदा चन्दको पार्टी नेकपा भने निर्वाचन बहिष्कार गरेर महाधिवेशनमा होमिएको हो।

नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु हुन लागेको हो। यस अघि काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो। महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मध्यान्ह १२ बजे गर्ने कार्यक्रम रहेको छ। सो महाधिवेशनमा कति प्रतिनिधि रहनेछन् भन्ने खुलाइएको छैन।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट अलग भएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द सो पार्टी पनि विभाजन गरी नेकपा गठन गरेका थिए।

सरकारले प्रतिवन्ध लगाएपछि भूमिगत भएका विप्लवका नेताहरु २०७७ साल फागुन २१ गते सरकारसँग सहमति गर्दै खुला राजनीतिमा आएका थिए। त्यसपछि पनि चन्दको पार्टी पनि विभाजन भएको छ।

२५ आश्विन २०७९, मंगलवार ०७:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस