|  

अब माओवादी र जनयुद्धको कुरा गरेर मात्रै हुन्न: प्रचण्ड

२१ श्रावण २०८०, आईतवार १४:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादी र जनयुद्धको कुरा गरेरमात्रै नहुने बताएका छन्।

काठमाडौंको कमलादीमा जारी पार्टी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष प्रचण्डले अब नयाँ ठाउँमा छौं भनेर बुझ्न पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे।

‘हामी माओवादी र जनयुद्धकारीको पृष्ठभूमिबाट आएका मात्रै छैनौं। अब उनलाईमात्रै सम्बोधन गरेर तीनको मात्रै विचारको कुरा गरेर अब हुन्न’, प्रचण्डले भने, ‘तपाईं हामी सबैले अलिकति परिस्थतिमा आएको नयाँपनलाई हेक्का राखेर आफ्ना अभिव्यक्तिहरू प्रस्तुत गर्न जरूरी छ।’

उनले हामी जनआन्दोलनबाट आएका विभिन्न वामपन्थ घटकको पृष्ठभूमि तथा एकता र विभाजनको घटकबाट जोडिएकाहरूको पार्टी माओवादी भएको बताए।

माओवादी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले अहिले सम्बोधन गरिरहेका छन्।
साभार:सेतोपाटिबाट

२१ श्रावण २०८०, आईतवार १४:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस