|  

आजको फलफूल तथा तरकारीको मूल्य : नेपाली ठुलो गोलभेडाको मूल्य प्रतिकेजी १६० रुपैयाँ, अन्यलाई कति ?

२२ श्रावण २०८०, सोमबार १५:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार नेपाली ठुलो गोलभेडाको औसत मूल्य प्रतिकेजी १६० रुपैयाँ, लोकल सानो गोलभेडा ७६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा १०४ रुपैयाँ, रातो आलु ५१ रुपैयाँ, मुडेको रातो आलु ४१ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, सुकेको प्याज ५१ रुपैयाँ २० पैसा, लोकल गाजर ११० रुपैयाँ, लोकल बन्दा १७ रुपैयाँ, स्थानीय काउली र स्कुस प्रतिकेजी ६५ रुपैयाँ, रातो मूला ४६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला ३५ रुपैयाँ, हाइब्रीड सेतो मूला, तने बोडी, लौका र लोकल काक्रो प्रतिकेजी ४५ रुपैयाँ, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा, सिमी ३२ रुपैयाँ ५० पैसा, राजमा सिमी ११६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ७६ रुपैयाँ, भटमासकोशा ८६ रुपैयाँ, तितो करेला ३६ रुपैयाँ, परवर ३८ रुपैयाँ, घिरौला २५ रुपैयाँ, झिगूनी ३७ रुपैयाँ ५० पैसा, भिण्डी ३९ रुपैयाँ, पिंडालू ६६ रुपैयाँ ६७ पैसा, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५५ रुपैयाँ, कन्य च्याउ १६६ रुपैयाँ र डल्ले च्याउ ३२४ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, कुरीलोको औसत मूल्य प्रतिकेजी ३७५ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ९५ रुपैयाँ, सजिवन २१५ रुपैयाँ, जिरीको साग १७५ रुपैयाँ, सेलरी १३५ रुपैयाँ, पार्सले, पुदीना र अकबरे खुर्सानी २७५ रुपैयाँ, फूजी स्याउ ३३५ रुपैयाँ, कागती १४० रुपैयाँ, अनार ३२५ रुपैयाँ, आँप १९० रुपैयाँ, जुनार २५५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १५५ रुपैयाँ, लप्सी ७५ रुपैयाँ, किवि ७५० रुपैयाँ, अदुवा २६४ रुपैयाँ, भेडे खुर्सानी ८५ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ पर्नेछ ।

२२ श्रावण २०८०, सोमबार १५:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस