|  

कालिखोलामा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

२३ श्रावण २०८०, मंगलवार ०७:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले अनुसार मंगलबार बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको जानकारी दिए। पहिरो पन्छाउने तयारी भइरहेको उनले बताए।

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सवारीसाधन रोकिएका छन्। यो सडकखण्डमा पटक–पटक पहिरो खस्दै आएको छ।
साभार:थाहा खबरबाट

२३ श्रावण २०८०, मंगलवार ०७:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस