|  

पोखरा बाट काठमाडौं जादै गरेको माइक्रो गजुरी -५ बाङ्गेमा दुर्घटना हुँदा १७ जना घाइते

२३ श्रावण २०८०, मंगलवार २३:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन२३,मङ्गलबार

पोखराबाट काठमाडौं जादै गरेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक बाट अन्दाजी २० मिटर तल खसी दुर्घटना भएको हो।

दुर्घटनामा चालक श्याम तामाङ वर्ष ३३का घर काठमाडौं सहित १७जना घाइते भएका छन्। घाइते हुनेमा यात्री प्रकाश न्यौपाने र खोम प्रसाद शर्माको अवस्था गम्भीर रहेको छ।

घाईतेहरुको गजुरी अस्पतालमा उपचार भैरहेको छ भने केहि घाईतेहरुलाई थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको गजुरी गाउँपालिका वार्ड न.५ का अध्यक्ष गोबिन्द्र लामिछानेले जानकारी दिनुभयो।

२३ श्रावण २०८०, मंगलवार २३:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस